पुस्तक समिक्षा ( हिमालपारीको हुरी)

           




   पत्रकार सुधीर शर्मा एक चर्चित लेखक र पत्रकार हुन्। उनले नेपालको पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनी नेपालको सर्वाधिक बिक्री हुने दैनिक पत्रिका कान्तिपुरका पूर्व प्रधान सम्पादक पनि हुन्। सुधीर शर्माले हिमालय खबर पत्रिका र काठमाडौं टुडे लगायतका अन्य धेरै पत्रिकाहरूमा पनि काम गरिसकेका छन्। पत्रकारिता देखि बाहेक उनले 'इन्टरनेसनल क्राइसिस ग्रुप' मा पनि काम गरेका छन्।शर्माले नेपालको राजनीति र समसामयिक विषयमा आधारित रहेर थुप्रै पुस्तकहरू लेखेका छन्।  

    वरिष्ठ पत्रकार तथा लेखक सुधीर शर्माद्वारा लिखित पुस्तक “हिमालपारिको हुरी” ‘गणतन्त्रपछि फेरिएको नेपाल-चिन सम्बन्ध' ले नेपाल र चीनबीचको विकसित सम्बन्धको बारेमा गहिरो प्रस्तुत गरेको छ । विशेष गरि पुस्तकमा नेपालको भूराजनीतिको बारेमा चर्चा गरिएको छ।यो पुस्तक सन् २००८ मा नेपाल गणतन्त्रात्मक राष्ट्र बनेपछि नेपाल र चीन बिचको सम्बन्धमा आएको परिवर्तनलाई केन्द्रिवन्दु गरि लेखिएको छ। 

   गणतन्त्रपछि चीनको नेपाल नीति र नेपालको परराष्ट्र नीति कसरी प्रभावित भएको छ भन्ने कुराको विश्लेषण यस पुस्तकमा गरिएको छ।लेखकले नेपालको राजनीतिमा चिनियाँ प्रभाव कसरी बढ्दै गएको छ भन्ने कुराको गहिरो विश्लेषण गरेका छन्। बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) जस्ता चिनियाँ परियोजनाहरूले नेपालको अर्थतन्त्र र शासन प्रणालीलाई कसरी प्रभाव पारिरहेका छन् भन्ने कुरा पनि समेटिएको छ।  

      नेपालले आफ्ना दुई ठूला छिमेकी चीन र भारत बीच कसरी सन्तुलन कायम गरिरहेको छ भन्ने कुरामा पनि प्रकाश पारेको छ ।नेपालको परिवर्तित परराष्ट्र नीति, आन्तरिक राजनीति र सिमा सम्बन्धी मुद्दाहरूलाई पनि समेटिएको पाइन्छ।शर्माले यस पुस्तकमा नेपाल-चीन विचको सम्बन्धको ऐतिहासिक पृष्ठभूमि र वर्तमान राजनीतिक घटना क्रमलाई समग्र रुपमा वर्णन गरेका छन्।

     गणतन्त्रपछि नेपालमा भएको राजनीतिको उतार चडाब र अस्थिरताको चिनले एकदमै फाइदा समेत उठाएको थियो। नेपालमा जब राजतन्त्रको अन्त्य पछि सुरु भएको गणतन्त्रमा बनेको नयॅा संविधान नेपालको संविधान २०७२ लाई चिनले खुलेर स्वागत गरे पनि भारतले भने स्वागत गरेन।नेपालले भारतको सहयोग र सहमति बिना नै संविधान बनाएकोमा भारतले स्वागत मात्र नगरेको हैन नेपालमा यति लामो समय सम्म नाकाबन्दि समेत गर्यो की नेपालले हरेक कुराको लागि चिनसॅग निर्भर हुनुपर्यो। 

    हुन त नेपाल र चिन बिचको सम्बन्ध निकै पुरानो हो तर पनि गणतन्त्र पछि झन बलियो भयो। गणतन्त्रको सुरुवात सॅगै नेपाल र चिन बिच प्रधानमन्त्री र रास्ट्रपति आवत जावत पनि बाक्लियो। यति मात्र नभई नेपालले भारतलाई दिइएको परियोजना समेत चिनलाई दिएको कुरा उल्लेख गरिएको छ। गणतन्त्र पश्चात बनेका नेपालका हरेक प्रधानमन्त्री कहिले खुलेर त कहिले लुकेर चिन नपुगेका हैनन्। चिनले पनि नेपाललाई भरपूर सहयोग गरेको थियो। विभिन्न परियोजना लगायत पेट्रोलियम पदार्थ समेत सहयोग गरेको यस पुस्तकका अनुसार पाइन्छ। यसै बिच तिब्बती शरणार्थी फर्काउने कुरामा अमेरिकाले गरेको हस्तक्षेप र प्रधानमन्त्रीलाई पत्रचार गरि धम्कि समेत दिएको कुराको व्याख्या गरिएको छ।   

         गणतन्त्रात्मक व्यवस्था सुरु भए सॅगै नेपाल भारत भन्दा बढी लगाब चिनसॅग राख्न थालेको थियो। नेपालको लागि दुवै देश उतिकै महत्वका रहेका छन् तर बढि मान्यता चिनसॅग लिएको देखिन्छ। चिन र भारत पहिले देखिनै विश्वका पहिला घनी देश हुन्। दुई ठुला देशको बिचमा साघुको काम गर्ने गर्दछ नेपालले। चिन हाल पनि विश्वको दोस्रो धनी देश रहेको छ भने भारत पाचौं स्थान तिर पुगेको छ। धनि देश र छिमेकी देश भएकै कारणले नेपालले चिनसॅग गहिरो सम्बन्ध राखेको कुरा उल्लेख भए पनि नेपालले हाल सम्म पनि चिनको गहनतम अध्ययन नगरेको कुरा उल्लेख्य छ । तर चिन र नेपाल बिचको सम्बन्ध निकै प्रगाढ बनेको देखिन्छ।

         विशेष गरी, एमाले नेताहरूको चीन भ्रमण र चिनियाँ नेतृत्वसँगको भेटघाटले नेपालको आन्तरिक राजनीतिमा चीनको प्रभावबारे महत्त्वपूर्ण जानकारी दिन्छ। यस पुस्तकमा त्यति बेलाका प्रधानमन्त्री केपि ओलि, प्रचण्ड, झलनाथ खनाल, पररास्ट्र मन्त्रि लगायत  चिनिया रास्ट्रपति सी चिङफिन, चिनिया राजुदत , प्रधानमन्त्री र सेनापती आदिको विशेष भुमिका रहेको छ । पुस्तक गणतन्त्र स्थापना पछि लेखिएको भए पनि पुस्तकमा नेपाल र चिनको सम्बन्ध कहिले देखिको हो भन्ने कुरा स्पस्ट पारेको छ। जब राजतन्त्र थियो तेति बेला चिनिया रास्ट्रपति नेपाल आएका थिय तत् पश्चात गणतन्त्रात्मक शासन कालमा समेत चिनिया रास्ट्रपति नेपाल आएको कुरा यस पुस्तकमा पाइन्छ। 


बलियो पक्ष (Strengths)

गहिरो अनुसन्धान र समाचार लेखन शैलीको प्रयोग।

इतिहासदेखि समसामयिक राजनीति जोड्ने प्रयास       गरिएको छ।

सजिलो भाषा पाठकलाई तान्ने कथा शैलीमा रहेको छ। 

संवेदनशील विषयलाई पनि सन्तुलित तरिकाले प्रस्तुत गरिएको पाइन्छ।


कमजोर पक्ष

१. राजनीतिक पक्षमा मात्र बढी केन्द्रित देखिन्छ। 

२. चीनको भित्री राजनीतिक र रणनीति अधुरो देखिन्छ।

 ३. चिनको आन्तरिक राजनीतिक कारण (जस्तै, CCP को शक्ति, तिब्बत नीति, Belt and Road को भित्री दबाब) बारे विस्तारमा समेटिएको छैन। 

 ५. पुस्तक गणतन्त्रपछि (२००८–२०२३) केन्द्रित भए पनि विश्व राजनीतिमा हालै भएका केही परिवर्तन (जस्तै, अमेरिका–चीन व्यापार युद्ध, इन्डो-प्यासिफिक रणनीति, G20 मा नेपालको भूमिका) बारे विस्तारमा छैन्। 

 ६. भारतसँगको तुलनात्मक विश्लेषण अलि कम। 

 ७. पाठक वर्ग सीमित हुन सक्छ।

गणतन्त्र स्थापना पछि नेपालमा मात्र होइन, सम्पूर्ण दक्षिण एशियाको राजनीतिमा ठूलो परिवर्तन आयो। यसै परिवर्तित परिस्थितिलाई केन्द्रमा राख्दै पत्रकार तथा लेखक सुधीर शर्माले लेखेको पुस्तक हीमालपारीको हुरी नेपालको परराष्ट्र नीति, चीनसँगको सम्बन्ध र त्यसका अवसर र चुनौतीबारे महत्त्वपूर्ण व्याख्या गरेको पाइन्छ। 

नेपाल र चिन बिचको सम्बन्ध र राजनीतिक कुराको जानकारी लिनको लागि यो पुस्तक “हिमालपारीको हुरी” जो कोहिले पनि पढ्न र सहजै बुझ्न सकिनेछ। 

Comments

Popular posts from this blog

Data visualization

RANN. Movie review

Profile writing 3rd assignment