RANN. Movie review
चलचित्र रण
बलियो पक्षहरू:-
- थिम र सन्देश
रण एक विचार उत्तेजक चलचित्र हो।जसले मिडियाको सनसनीखेस पत्रकारिता, रेटिङको दौड र राजनीतिक हस्तक्षेपलाई गहिराईमा विश्लेषण गरेको छ यस चलचित्रले मिडियाको शक्ति र त्यसको दुरुपयोगलाई एकदमै नजिकैबाट देखाएको छ। पत्रकारिताको नैतिकता र सत्यको खोजीमा व्यक्तिगत र व्यावसायिक मूल्यहरू बीच हुने द्वन्दलाई प्रभावकारी ढङ्गमा प्रस्तुत गरिएको छ। मिडियाले कसरी सत्यलाई झुट र झूटलाई सत्य बनाइ सरकार ढाल्न र उठाउन सक्छ भन्ने कुरा चलचित्रले दर्शकलाई देखाएको छ। मिडियाले प्रस्तुत गर्ने सत्य माथि प्रष्ट उठाउन प्रेरित गर्दछ।
-अभिनय
अमिताभ बच्चन
विजय हर्षवर्धन मलिकको भूमिकामा अमिताभ बच्चनले एकदमै राम्रो अभिनय गरेका छन्।उनको चरित्र एक आदर्शवादी पत्रकारको रहेको छ जो आफ्नो नैतिक मूल्यहरु र सत्यलाई उजागर गर्ने कार्य गर्दछन्। विशेषगरी अन्तिम दृश्यमा उनको भाषणले दर्शकलाई एकदमै गहिरो प्रभाव पार्ने गर्दछ।
रितेश देशमुख
रितेश देशमुख एक खोज पत्रकारको जटिल चरित्रलाई प्रभावकारी ढंगले प्रस्तुत गरेका छन्। उनको अभिनयले सत्यको खोजि र नैतिकताको महत्वलाई उजागर गर्ने गर्दछ। एउटा पत्रकारले सत्यको लागि के सम्म गर्नुपर्छभन्ने कुरा उनको अभिनयबाट स्पष्ट देख्न सकिन्छ।
परेश रावल
परेश रावलले मोहन पाण्डेको भूमिका एकदमै राम्रोसँग निभाएका छन्। परेश रावलले एक चालबाज र सत्ताको लोभमा एउटा नेताले (राजनीतिज्ञ) ले गर्ने गरेको वास्तविकतालाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेकोपाइन्छ।
सुदीप
हस्बर्धन मलिकका छोरा जय मलिक बनेर आफ्नो अभिनयलाई उत्कृष्ट मोड दिएका छन् सुदीपले।उनले आफ्नो च्यानललाई अगाडि बढाउनको लागि सत्य रनैतिकतालाई भन्दा पनि आफ्नो च्यानललाई कसरी अगाडि बढाउन सकिन्छ र अरु प्रतिद्वन्दी च्यानल भन्दा उत्कृष्ट कसरी बनाउने भन्ने बारेमा मात्र उसले ध्यान दिएको पाइन्छ। त्यसको लागि उनी गलत निर्णय लिन रगलत काम गर्न समेत पछाडि नहटेर आफ्नो च्यानललाई उत्कृष्ट बिन्दुमा पुर्याउछन्।
मोहनिस बहल
मोहनिस बहल सहायक पात्रको रूपमा रहेका छन्। उनले आफ्नो ससुरा अमिताभ बच्चनको आदर्शवादी रसच्चा पत्रकार हुनुको भरपुर फाइदा उठाउछन् र आफूदेशको नम्बर एक उधोगपति बन्न चाहन्छन्। अन्य कलाकारको तुलनामा उनको अभिनय प्रभाव केही कमदेखिन्छ तर पनि उनले आफ्नो भूमिकालाई बखुबी निर्वाह गरेको पाइन्छ।
निर्देशन र लेखन
रामगोपाल वर्माले रण चलचित्रमा मिडियाको वास्तविकता र राजनीतिको प्रभावलाई निरन्तरता पूर्वक प्रस्तुत गरेका छन्। उनले समाचार च्यानलहरूको पर्दा पछाडिको खेललाई सशक्त रुपमा देखाउन खोजेका छन्।विशेषगरी अमिताभ बच्चनको अन्तिम भाषण जसले मिडियाको जिम्मेवारी र नैतिकतामाथि प्रश्न उठाउने गर्दछ।
सम्पादन
चलचित्रमा भर्खरै मात्र घटेको घटनाको ब्रेकिङ निउजबाट समाचारले कथालाई गति दिन्छ। समाचार च्यानलको व्यस्त वातावरण स्टुडियोको दृश्यहरू रतनावपूर्ण क्षणहरुलाई प्रभावकारी ढंगले चित्रण गरिएको पाइन्छ ब्याकग्राउन्ड संगीतले कथाको तनाव र नाटकलाई थप बलियो बनाउन मद्दत गरेको पाइन्छ।
कमजोर पक्षहरू
कथाको गति चलचित्रको पहिलो हाफमा केही ढिलो अगाडि बढ्छ। कथाले गति लिन केही समय लाग्छ जसले केही दर्शकहरुलाई बोरिङ महसुस पनि गराउन सक्छ। तर दोस्रो हाफमा भने कथा एकदमै रोचक बन्छ तर सुरुको ढिलाइको कारणले समग्र कथालाई नै धेरथोर प्रभाव त पारेको पाइन्छ।
मुख्य पात्रहरू
यस रण चलचित्रमा धेरै कलाकारहरूको अभिनय हेर्नपाइन्छ तर विशेषगरी विजय मलिक, पुरव शास्त्री, मोहनपाण्डे, जय मलिक, अम्रिस कक्कर, नलिनी मुख्य पात्र छन् यी बाहेक अन्य कलाकारहरूको भूमिकालाई खासै ध्यान दिएको पाइँदैन।
कथामा धेरै पात्रहरू र उपकथाहरू पनि समावेश गरिएको छ। जसले कहिलेकाहीँ दर्शकलाई एकदमै भ्रमित पार्ने गर्दछ।
संगीत
यस चलचित्रमा ब्याकराउन्ड स्कोर (संगीत र गीतले) कथालाई एकदमै समर्थन गरेको र जोस भरेको जस्तो देखिन्छ।
कथा समीक्षा
कथा विजय मलिकबाट सुरु हुन्छ। जो इन्डिया 24 ×7 का मालिक र एक आदर्शवादी पत्रकार रहेका छन्। उनी सधैँ सत्य र नैतिकतालाई प्राथमिकता दिन्छन् तर च्यानलको रेटिङ र व्यापार भने घट्दै गएको पाइन्छ। उनका प्रतिद्वन्दी उनकै पूर्व कर्मचारी अमृश कक्कर रहेका छन्। जो हेडलाइन २४ चलाएर बसेका छ्न। उनी आफ्नो च्यानलमा सनसनी युक्त खबरहरू मात्र प्रस्तुत गर्ने गर्दछन्। सत्यतथ्य भन्दा पनि उनी चर्चामा आउन चाहन्छन्। विजय मलिकका छोराजय मलिक अमेरिकाबाट एमबिए गरेर फर्किएका छन् र उनी च्यानललाई व्यावसायिक रुपमा सफल बनाउन चाहन्छन्। जसले गर्दा नयाँ च्यानलहरू सुरु गर्नको लागि उनले ३० करोड रुपैयाँ ऋण लिन्छन् तर च्यानलको सम्पूर्ण जानकारी सोहि च्यानलकी सिइओ नलिनीले आफ्नो साथि कक्करलाइ दिन्छिन जसलेगर्दा जयको योजना सफल हुदैन र उनी एकदमै तनावमा हुन्छन्। यसै बिच कथाले मोड लिन्छ। कथामा मोड लिनको लागि विजयको बथ्डे पार्टी हुन्छ जहा मोहन पाण्डे जयको भिनाजुसँग आएका हुन्छन्।सबै जना रमाइलो गरि रहदा यता जय तनावमा हुन्छन्।यसै बिच कक्करले समेत दबाब दिने गर्छ र एतिका पैसा कहा बाट दिने तनाब हुन्छ। यसै मौकाको फाइदा लिदै नविन र मोहन पाण्डे जयसँग कुरा गर्छन। जय मलिक र राजनीतिज्ञ मोहन पाण्डे साथै जय मलिकको भिनाजु मिलेर एउटा षड्यन्त्र रच्छन्।पाण्डेले प्रधानमन्त्री दिग्विजय हुडालाई फसाउने योजना बनाउँछन्। जसले पाण्डेसँग मिलेर एकभिडियो सिर्जना गर्छन्। आर्टिफिसियल भिडियो जहाँ एआइ प्रयोग गरिएको हुन्छ। जसमा हुडाका सहयोगी अतुल कुमार दुवे र खन्ना नामका व्यक्ति रहेकाले बम विस्फोटको बारेमा छलफल गरेको भिडियो बनाइन्छ। यो भिडियो लगेर विजयलाई देखाइन्छ र उनले त्यसैलाई सत्य ठानेर श्रोता माझ जानकारी दिने गर्दछन्।तर यो कुरा पुरवलाई गलत लाग्छ र उ सत्यको खोजीमा जुट्छ । अब च्यानल नम्बर एकमा पुग्छ च्यानल बायस बन्छ। विजय मलिकलाई सङ्का लागेता पनि जयले ढाक छोप गर्ने गर्दछन्।
च्यानल अग्रिम स्थानमा पुग्छ। बिभिन्न अवार्ड मिल्छ।यता पुरव सत्यको खोजि गर्दै जादा खन्ना को हो भन्ने पत्ता लाग्छ। खन्ना र दुबेलाई मारेको कुरा समेत पत्ता लगाई च्यानलकी सिइओ नलिनीलाई भन्छ। खन्ना कोहो भन्ने कुरा धेरैपटक विजयले सोधेको हुन्छ। तर खन्नाको हो भन्ने कुरा कसैलाई पनि थाहा भएको हुँदैन तरजब पूरक शास्त्रीले सत्यको खोजी गर्छन् र खुलासा गर्छन् खन्ना जयको कलेजको साथी रहेको हुन्छ। जब पूरवले सम्पूर्ण कुरा पत्ता लगाइसके पछि नलिनीको सल्लाह बमोजिम पुरवले यो भिडियो र प्रमाण कक्करलाई दिन्छ जबकरले त्यो भिडियो आफूले पाइसके पछि केही पैसा कमाउने लोभमा त्यो भिडियो लगेर मोहन पाण्डेलाई बेचेको थाहा पाउँछन्। पुरवले तयार गरेको प्रमाण मोहन पान्डेलाई बेच्छ र उसैको जय जयकार गर्दछ। पुरवले पुनः प्रमाण जुटाउनको लागि पत्रकार आचार संहिता को समेत उल्लंघन गर्दै कक्करसँगको कुराकानी रेकर्ड गर्दछ। यता विजयको घरमा जय र यास्मिनको इन्गेज्मेन्ट हुदै गर्दा विजय हर्षवर्धनलाई सम्पूर्ण कुरा भनी प्रमाण दिन्छ। विजय हर्षवर्धन मलिक केही सोच्न सक्दैन। अर्को दिन विजय हर्षवर्धन मलिकले बिगतमा भएको गल्तीलाई सुधारेर सच्चाइको खुलासा गर्छन्। जुन एकदमै महत्वपूर्ण रहेको छ। यसै खुलासाले गर्दा जय मलिक आत्मग्लानि भै अपार्टमेन्टबाट हाम फाल्छन् र उनको मृत्यु हुन्छ।
यता हुडालाई आफ्नो राजनीतिज्ञ पदबाट राजीनामा दिलाइन्छ र मोहन पाण्डे त्यस पदको लागि छानिन्छन्। यता पाण्डेको सपथ ग्रहणको दिन समारोह भइरहेको बेला विजय हस्बर्धन मलिकको खुलासाले जनतामा आक्रोश पैदा गर्छ र उनको शपथ रोकिन्छ। तर यो सबझुटो हो भन्दै हिड्छ। यता कक्कर भने आफ्नो बचाउकोलागि वकिल खोज्न थाल्छन्। नलिनीले पनि इन्डिया 24×7 बाट राजीनामा गरेको कुरा सुनाउँछिन्।कथाले मोड लिन्छ। जब विजयको खुलासा पछि जयले आत्म हत्या गर्छन् अनि पाण्डेको शासनसत्ता पनि अन्त्यहुन्छ र जयको अन्तिम संस्कारको बेला विजयले पूरव शास्त्रीलाई बोलाएर त्यस च्यानलको सिइओ बनाइन्छ यसै बीच विजयकी छोरी आफ्नो छोरालाई लिएर आफ्नो पतिबाट अलग हुन्छिन्। विजय हस वर्धन मलिकले इन्डिया 24×7 बाट राजीनामा दिएर यस च्यानलको सिइओ पूरक शास्त्रीलाई बनाएसँगै यस चलचित्रको अन्त्य भएको छ।
चलचित्र रण हे गीतबाट भ्रष्टाचार विरुद्धको युद्धलाई प्रतीक गरेको छ। बम विस्फोट र फुटेजको म्यानिपुलेसनले मिडियामा पारेको असरलाई देखाएको छ। जुन आजको फेक न्युज को युगमा सान्दर्भिक रहेकोछ। अहिले जसरी फेक न्युजहरू सनसनी पूर्ण रुपमा फैलिरहेको छ यसलाई नै मध्य नजर गरेर बनेको चलचित्र यो रण यसले सत्यको मूल्य के हो? भन्ने जस्ता प्रश्न उठाउन सक्छ। समग्रमा रणको कथावस्तु गहिरो छ किनकि यसले व्यक्तिगत, व्यावसायिक र राजनीतिक स्तरमा हुने गरेको संघर्षको बारेमा देखाएको छ। दृश्यहरूले कथालाई रोचक बनाएको छ र विशेष दृश्यहरू जस्तै भावनात्मक गहिराई मिडिया र राजनीतिको रणको जीवन्त चित्रण यस चलचित्रले देखाएको पाइन्छ।
यस चलचित्रले दिन खोजेको सन्देश
मिडियाले आफ्नो कर्तव्य के हो? के कस्तो सन्देश दिने? सरकारको तर्फबाट आएका बाधा अड्चनसँग कसरी जुधेर सत्यलाई उजागर गर्नुपर्छ भन्ने जस्ता कुराको ज्ञान दिएको छ। मिडिया जहिले पनि कतै कसैको दबाब र पक्षमा नभई स्वतन्त्र हुनुपर्छ।




Comments
Post a Comment