Data visualization


 नेपाली पहिचान घरको स्वाद शान्ताको अचार


       व्यक्तिगत रुपमा नेपालको दाङ जिल्लामा दर्ता भई विगत २ वर्ष देखि सञ्चालनमा रहेको “शान्ताको अचार” अहिले देश मात्र नभई विदेशमा समेत बिक्री वितरण हुने गरेको छ। यस उद्योगका सञ्चालक पुर्व माननिय सांसद शान्ता चौधरीले महिला दिदी बहिनीलाई आत्मनिर्भर बनाई घरायसी अचारलाई बजार व्यवस्थापन गरी नयाँ आयामको सुरुवात गरेकी छिन्। प्राकृतिक तरिकाले तयार गरिने उच्च गुणस्तरिय अचार नेपालकै स्रोत र साधनबाट स्थानीय महिलाहरूको मेहनत र हातैले बनाइएको शुद्ध र ताजा अचार नेपालको स्वाद, विश्वभरि फैलिएको पहिचान स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तम तयार गरी विश्व बजारमा पुर्याउने काम गरेकी छिन्। हाल नेपालकै उत्कृष्ट अचार मध्ये शान्ताको अचार पनि एक पर्दछ।

 



       शान्ताको अचार एक अत्यन्तै स्वादिष्ट नेपाली अचार हो, जुन शान्ता स्वयंले आफ्नै अनुभव र सिर्जनात्मकताबाट तयार गर्नुभएको हो। २०८० साल माघ ४ गते देखि सञ्चालित“शान्ताको अचार उद्योग” नाममा दर्ता रहेको उद्योगले स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोगबाट विभिन्न प्रकारका अचार तयार गर्ने गर्दछ। यस कम्पनिले विशेष गरि निम्न अचारहरु ( अकबरे अचार, लसुन अचार, चिकेन अचार, टिम्मुरको छोप, मिक्स अचार, गुन्द्रुकको अचार, मुलाको अचार) साथै अन्य विभिन्न अचारहरुको उत्पादन र बिक्री वितरण गर्ने गर्दछ।     



      

शान्ताको अचार उद्योगले विशेषतः महिला दिदी बहिनीलाई आत्मनिर्भर बनाउने उद्देश्यले मासिक तलवमा ३ महिला २ पुरुष र दैनिकी ज्यालामा करिब १५ जना महिला दिदी बहिनीहरुलाई रोजगार दिदै आएको छ। यस कम्पनिले देश तथा विदेशमा आफ्नो उत्पादित अचार वार्षिक करिब रु. २ करोडको बिक्री गर्ने गर्दछ। यसले हालै केहि नँया गोदामको समेत विस्तार गरेको छ।




     यस अचारले केवल नेपाली परिकारको स्वाद मात्र होइन, नेपालकै समृद्ध पाक संस्कृतिको आत्मालाई समेत बोकेको छ। सान्ताको अचारको मुख्य उद्देश्य भनेको नेपाली महिलाहरूलाई आत्मनिर्भर बनाउँदै, स्वदेशी स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्नु हो।यस उद्योगले उत्पादन मात्र नगरि नेपालको विभिन्न ठाउँमा गई महिला उद्यमी व्यवसाय प्रोत्साहन कार्यक्रम अन्तरगत स्वरोजगार तथा आत्मनिर्भरको लागि अचार बनाउने तालिम समेत गराउदै आएको बताएकी छिन्। 




        शान्ताको अचार उद्योगले अहिले विभिन्न २२ थरी अचार बनाइरहेको छ । नेपालका विभिन्न शहर सहित अस्ट्रेलिया, अमेरिकादेखि युरोपका शहरसम्म अचार निर्यात हुँदै आएको उनी सुनाउँछिन् । सुरुमा दाङमा घरको छतबाट अचार व्यवसाय सुरु गरेकी उनले अहिले उद्योगकै लागि नयाँ भवन बनाइरहेकी छिन् । उनका अनुसार भवन निर्माण अन्तिम चरणमा छ । शान्ताले आफ्नै नाम ‘ब्रान्ड’ भएकाले त्यही नामबाट अचार उद्योग खोलेको बताइन् । ‘फेसबुकमा पोस्ट गरेकै भरमा धेरै जनाले मेरो अचार मन पराइदिनुभयो । त्यसमा कहीं न कहीं मेरो विगत, मेरो नाम जोडिन्छ नै । मेरो नामले कतै न कतै काम गरेको हो भन्ने मलाई पनि लाग्छ’, उनले भनिन्, ‘म आफैं एउटा ब्रान्ड हो भनेर आफ्नै नाममा कम्पनी खोलें ।’शान्ताको अचार उद्योगले अहिले विभिन्न २२ थरि अचार बनाइरहेको छ ।
नेपालका विभिन्न शहरसहित अस्ट्रेलिया, अमेरिकादेखि युरोपका सहरसम्म अचार निर्यात हुँदै आएको उनी सुनाउँछिन्।  


 


     ७ हजार लगानीमा आफ्नै घरको कोठाबाट सुरु गरेको शान्ताको अचारले अहिले करोडौंको व्यापार गरिरहेको छ। आफ्नै घरको भान्साबाट सुरु गरेको अचार मेरो रहर होइन बाध्यता हो भन्छिन् शान्ता। सुरुसुरुमा मैले आफ्नै भान्सामा तयार गरिएको अचार जब फेसबुकमा पोष्ट गरे त्यो नेपालमा मात्र नभएर विदेशबाट धेरै नै माग आएको हुनाले मैले यसलाई व्यावसायिक रुपमा सञ्चालन सञ्चालन गर्ने सोँच गरे र उद्योग दर्ता गरी यसलाई व्यवसायिक बनाउने लक्ष्य लिई उद्योग दर्ता गर्न थाले। तर  उद्योग दर्ता गर्न त्यति सजिलो भएन त्यसमाथि महिला झनै गाह्रो। धेरैपटक दाङ र काठमाडौँ गर्नुपर्यो । मैले आफ्नो नामको प्रयोग गरेको भए सायद यति धेरै दुःख पाउने थिइन होला । करिब छ महिनाको दौडधुप पछि मैले मेरो 'शान्ताको अचार उद्योग' नाममा व्यवसाय दर्ता गर्न सफल भए। 


        आफूसँग भएको सिपलाई प्रयोग गर्दा आफुमा कन्फिडेन त हुन्छ नै यदि केही गरि काम बिग्रिएमा त्यसलाई कसरी सुधार गर्ने भन्ने कुराको ज्ञान पनि आफैंलाई थाहा हुने भएको हुँदा आफूसँग भएको सिपलाई राम्रोसँग प्रयोग गर्न जानेमा जो कोही सफल हुन सक्ने जलन्त उदाहरण बनेकी छिन्। शान्ताको अचारकि सञ्चालिका शान्ता चौधरी।

Comments

Popular posts from this blog

RANN. Movie review

Profile writing 3rd assignment