Profile writing 3rd assignment

 

फोटो पत्रकार मिन रत्न बज्रचार्यको व्यक्तिगत लेखन



नाम : मिन रत्न बज्रचार्य

जन्म स्थान: काठमाडौंको केलटोल, सेतो मचिन्द्रनाथ    

 जन्म मिती: २०२२ वैशाख २

बुबाको नाम: सिद्धि रत्न बज्रचार्य(स्व. २०२८)

आमाको नाम: लक्ष्मी देवी बज्रचार्य(स्व.२०४०)

श्रीमती : सुनिता बज्रचार्य

छोरा: सुमिन बज्रचार्य

शिक्षा: एस एल सी 

अनुभव: ३७ वर्ष

रुचि: नयॅा नयॅा ठाउ भ्रमण गर्ने, चुनौतिपुर्ण कार्य गर्न मन पराउने।

पेसा: स्वतन्त्र (फ्रिल्यान्स) फोटो पत्रकार।

संलग्नता: रास्ट्रीय फोटो पत्रकार समुहको अध्यक्ष (२०५८-२०५९),(२०६०-२०६३)


        मिन रत्न बज्रचार्य एक स्वतन्त्र फोटो पत्रकार हुन्।काठमाडौंको केलटोल सेतो मचिन्द्रनाथ वडा नं. २७ हिस्टोरिकल टोलमा साधारण परिवारमा जन्मिएका मिन साहसी र हसमुख व्याक्ति हुन्। बुवा ( सिद्धि रत्न बज्रचार्य ) परोपकार आदर्श स्कुलको हेडमास्टर थिए जसले गर्दा उनको मृत्यु पश्चात मिनले कक्षा १० सम्म सोहि स्कुलमा नि:शुल्क अध्ययन गर्ने मौका पाएका थिए। त्यस समयमा मृत्यु पछि पेन्सनको मान्यता थिएन। साधारण परिवार भएकोले गुजाराको लागि आमाले तान बुन्ने गर्नु हुन्थ्यो। बुवाको एउटा भनाई थियो “ सिप सिक्नु सिपले हात मुख जोड्न गाह्रो हुदैन” भन्ने भनाइलाई आत्मसाथ गरि ह्युमन फिट टेलर्समा सिलाइ कार्य गर्न थाले। बेला बेला उनि मुस्कुराउदै भन्छन् “आज म फोटो पत्रकार नभएको भए राम्रो डिजाइनर बन्ने थिए” भन्दै आफुले लगाएको कपडा यो म आफैले  डिजाइन गरेको भन्छन्। मिन सानै देखि चुनौतिपुर्ण कार्य गर्न रुचाउने। उनको फोटो पत्रकारको करिअरको सुरुवात पनि सन् १९८७ जुलाइ ७ बाट चुनौतिपुर्ण फोटो खिच्न बाट भएको उनि बताउछन्।

        


          द कम्नर पत्रिकामा जुलाइ १७ मा पहिलो पटक उनले खिचेको फोटो छापिए पछि पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थिए।पत्रकारिताको सुरुवाती चरणमा उनिसॅग आफ्नो क्यामेरा पनि नहुने बताए। आफुसॅग क्यामेरा नहुदा काम गर्न निकै कठिन हुने बताउछन्। सानै बाट फोटो खिच्न रुचाउने उनी विदेश बाट घुम्न आउने पर्यटकसॅग क्यामेरा माग्दै फोटो खिच्ने क्रममा अस्ट्रेलिया बाट आएका एक पर्यटकले दिएको क्यामेरा नै उनको पहिलो क्यामेरा हो। 



       उनी आफ्नो स्व इच्छाले फोटो पत्रकार बनेका हुन्। फोटो पत्रकारिताको सुरुवातमा कसैले फोटो खिच भनेर अर्डर नदिइकन तिमी यस्तो फोटो खिच्न सक्छौ अथवा मिन तिमीले यो गर्न सक्छौ भन्ने जस्ता चुनौतिपुर्ण शब्दले गर्दा साहसी पत्रकारिता सुरु गरेको बताउँछन् । वि.स. २०४४ साल चैत्र २७ गते उनले धेरै नै फोटोहरु खिचेका थिए। मिन भन्छन् ‘मैले सबैभन्दा धेरै फोटो २००७ मा खिचेका थिए। महिले खिचेको पहिलो फोटो द कम्नरमा २०१७ जुलाईमा प्रकाशित भयो। म पत्रकारिता क्षेत्रमा औपचारिक रुपमा  १९८७ जुलाई ७ देखि नै लागेका हॅु। त्यसैले गर्दा मलाई मेरो लक्की नम्बर नै ७ हो भन्ने लाग्दछ।’ 


    



   मिन वि.स. २०४६/४७ को जन आन्दोलनमा प्रत्यक्ष सहभागी थिए। ०४६/४७ सालको जनआन्दोलनमा हुने प्रत्यक्ष सहभागीताको सिलसिलामा उनले फोटो पत्रकारिता गर्दा निकै कठिन अवस्था पनि उनले पार गरेको बताउछन्। २०४६/४७ को जनआन्दोलनमा पत्रकारिका क्षेत्रमा एकदमै कठिन अवस्था सिर्जना भएको थियो। किनभने कहि पनि दुई तीनजना व्यक्ति उभिएको देखेमा यिनीहरु मिडियाकर्मी हुन अब यॅहा हुलदंगा हुन्छ भनेर पुलिसले लखेट्ने गर्दथे। क्यामेरा लिएर उभिएको त झनै देख्न हुने थिएन। एक दुई जना व्यक्ति समेत भेला हुन पाउने स्थिति थिएन प्रहरीले देख्ने वितिकै आएर भगाउने गर्थे। तर हामीहरु लुकि लुकि फोटोलिने गर्दथ्यौ। तर मलाई अन्य पत्रकार भन्दा सहज हुने गर्थ्यो। सुरक्षा निकाय बाट पनि  होच्याउने  हुल मुल मा पनि पर्ने कुरा बताउछन। मैले डि एस पी अर्जुन जङ शाहीलाई चिनेको थिय जसले गर्दा केहि असहज अवस्था सिर्जना हुने भए जानकारी दिने हुदा सहज हुने बताए। उनी भन्छन् कैयौँ पटक त हुल मुलमा इटा, ढुंगा पनि खाइयो। तर त्यस समय आफु सॅगै क्यामेरा जोगाउनु पर्ने , कति को त क्यामेरा खोसिन्थ्यो, कति को रिल खोसिन्थ्यो। १/२ पटक त मेरो पनि रिल खोसिएको थियो। मैले पुलिसको मान्छे चिनेको थिए तर पनि निकै कठिन अवस्था भोग्नु पर्यो अरु पत्रकारलाई त निकै गाह्रो भएको थियो। कति मिडिया बन्द हुन पुगे। चिनेको डीएसपीहरू भएमा फोटो खिच्नलाई केहि सहज हुने बताउँछन्। उनी भावुक हुँदै भन्छन् गत चैत्र महिनमा एक जना फोटो पत्रकार जलेर मृत्यु भयो तर प्रमाण फेला परेन।आन्दोलन्को समयमा मान्छे मात्र नबचेर क्यामेरालाई बचाउन पर्ने र त्यो निकै गाह्रो हुने बताए। आन्दोलनमा कयौं चोटपटक लागेको समेत बताए। आन्दोलनको सफलता पछि उनले राजनीतिक गणेशमान सिंह सॅग निकै समय बिताए। तर पछिल्लो समयमा उनी आफु कुनै पनि संघ सस्थासॅग आबद्ध नभइ आफु एक स्वतन्त्र फोटो पत्रकार भएकोमा गर्भ गर्छन्।एक समय उनले राजनीतिक फोटो पत्रकारिता समेत गरेको बताउछन्। 


        ०४६/४७ को आन्दोल र ०६२/६३ को आन्दोलनमा केहि समानता थियो। दुवै आन्दोलनमा पत्रकारलाइ निकै कठिन अवस्था सिर्जना भएको थियो। ०४६/४७ को आन्दोलनमा क्यामेरा खोस्ने, रिल खोस्ने हुन्थ्यो भने ०६२/६३ मा यो कुन पार्टीको पत्रकार हो? माओवादीको सुराकी पो होकी?  भनेर सरकारले पक्डिने, जेलमा थुन्ने गर्दथे। अनि माओवादीले सरकारको सुराकी हो की भनेर पक्डिने, जेलमा थुन्ने गर्दथे। जस्ले गर्दा पत्रकारिता क्षेत्रमा नै खडेरी लागेको थियो।



      मिन आफ्नो काम प्रति दृढ रूपमा लागि पर्ने भएकोले उनी २ दुई पटक फोटो पत्रकार समुहको अध्यक्ष (२०५८-२०५९),(२०६०-२०६३ ) समेत बनेका थए। उनी काम प्रति वफादार र मिहिनेति भएको हुदा   मुस्ताङको लोमान्थाङमा बसेको समयमा वेलाएतको राजकुमारलाई त्यस ठाउमा घुमाउन गाइडको काम समेत मुस्ताङको राजाले गर्न लगाएको बताउछन्। खिचेको फोटो ०४६ सालमा India today मा एउटा फोटो छापेको थियो जसमा मैले १०० डलरसम्म पाएको कुरा बताउँछन। बेला बेला आफुलाइ फोटो पत्रकारिता गर्दा कसैले पनि नसिकाएको कुरा पनि दुःख व्यक्त गर्दै हाल अहिले जति पनि नयाँ फोटो पत्रकारलाई आफ्नो अनुभव  र कसरी यस क्षेत्रमा अगाडी बढ्न सकिन्छ भन्ने कुरा सिकाउँछन। उनले आफुले खिचेको धेरै फोटो अनुमति र नाम बिना नै छापिएको र अहिलेका पुस्तालाई त्यसबाट बच्न समेत सचेत गर्दछन्। उनले आफ्नो लगनमा ६ महिना मुस्ताङको लोमान्थाङमा बसेर त्यॅहा बाट लिएको त्यहॅाबाट फोटो फ्रेन्च म्यागजिनमा छापिएको थियो, जसको ७०० डलर लिएका थिए। लगनका  साथ मेहेनत गरे पक्कै सफल हुने र कदर हुने पनि बताए। ऊनी आफ्नो काम प्रति एति सम्म साहसी थिए कि कुनै समाचारलाई प्रमाण चाहिएमा सोही समाचार अनुसारको कार्य गर्न पनि नडराउने। उनले समचारलाई प्रमाणित गर्न एक पटक उनले आफ्नो साथीले लेखेको आर्टिकल “ट्रकले कसैलाइ एक पटक ठक्कर दियो भने त्यसलाई ट्रक पछाडि सारेर भए पनि मार्ने गर्दछ। मान्छेलाई मार्ने र क्षतिपूर्ति दिए सकिने हुदा त्यसैलाई सत्य सावित गर्नको लागि उनी स्वयं आफूले नै एउटा ट्रकको मुनि बाइक लगेर हानेको(एक्सिडेन्ट) गरेर पनि त्यस आर्टिकललाई उनले सत्य साबित गरेको प्रमाणित गरेको कुरा बताउँछन् र फोटो पत्रकार र पत्रकारले कतिसम्मको जोखिम उठाउनुपर्छ भन्ने कुरा पनि उनले प्रष्ट पार्छन्। उनले यो कुरालाई आफ्नो जीवनको अविस्मरणीय क्षण हो जुन म कहिल्यै भुल्न सक्दिन भन्ने कुरा गर्छन् र उनी यसलाई रमाइलोको साथै फोटो पत्रकार भइसकेपछि कतिसम्म कन्फिडेन्स लेबल हुनुपर्छ भन्ने कुरो यहाँबाट प्रष्ट हुन आउँछ।




       फोटो जर्नालिजम एउटा फोटो मात्र क्याप्चर गर्ने नभएर त्यो फोटोले विशेषता झल्काउने खालको फोटो खिच्नुपर्ने उनी बताउँछन्। हजारौ शब्दमा नसमेटिएको कुरा वा सूचना एउटा फोटोले  दिने गर्दछ। अहिलेको पुस्तामा फोटो खिच्दा होस् वा भिडियो लिँदा जुन आत्मबिश्वास हुनुपर्ने हो त्यो नभएर टेक्नोलोजीमा मात्र भर पर्ने र आफूमा आत्मबिश्वास नभएको कुरा उनी बताउँछन्। हामीले फोटो पत्रकारिता गर्दा होस् वा कुनै पनि क्षेत्रमा कार्य गर्दा आत्मबिश्वासका साथ गर्नुपर्ने बताउछन्।  पत्रकारिता क्षेत्र अरु भन्दा फरक र समाजको सचित्रण गर्ने भएको हुदा सहि सूचना प्रवाह गर्नु पर्दछ। मिडिया समाजको ऐना हो त्यसैले सहि सत्य सन्देश सम्प्रेषण गर्नु हामी पत्रकारहरूको दायित्व हो। 

Comments

Popular posts from this blog

Data visualization

RANN. Movie review