फोटो पत्रकार मिन रत्न बज्रचार्यको व्यक्तिगत लेखन नाम : मिन रत्न बज्रचार्य जन्म स्थान : काठमाडौंको केलटोल, सेतो मचिन्द्रनाथ जन्म मिती : २०२२ वैशाख २ बुबाको नाम : सिद्धि रत्न बज्रचार्य(स्व. २०२८) आमाको नाम : लक्ष्मी देवी बज्रचार्य(स्व.२०४०) श्रीमती : सुनिता बज्रचार्य छोरा : सुमिन बज्रचार्य शिक्षा : एस एल सी अनुभव : ३७ वर्ष रुचि : नयॅा नयॅा ठाउ भ्रमण गर्ने, चुनौतिपुर्ण कार्य गर्न मन पराउने। पेसा : स्वतन्त्र (फ्रिल्यान्स) फोटो पत्रकार। संलग्नता : रास्ट्रीय फोटो पत्रकार समुहको अध्यक्ष (२०५८-२०५९),(२०६०-२०६३) मिन रत्न बज्रचार्य एक स्वतन्त्र फोटो पत्रकार हुन्।काठमाडौंको केलटोल सेतो मचिन्द्रनाथ वडा नं. २७ हिस्टोरिकल टोलमा साधारण परिवारमा जन्मिएका मिन साहसी र हसमुख व्याक्ति हुन्। बुवा ( सिद्धि रत्न बज्रचार्य ) परोपकार आदर्श स्कुलको हेडमास्टर थिए जसले गर्दा उनको मृत्यु पश्चात मिनले कक्षा १० सम्म सोहि स्कुलमा नि:शुल्क अध्ययन गर्ने मौका पाएका थिए। त्यस समयमा मृत्यु पछि पेन्सनको मान्यता थिएन। साधारण परिवार भएकोले गु...